दफा ९
अनुमतिपत्र नदिइने
: आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरणको लागि कुनै व्यक्ति वा संस्थालाई क्षेत्र तोकी अनुमतिपत्र दिएकोमा त्यस्तो अनुमतिपत्रमा उल्लिखित अवधिभरको लागि सोही क्षेत्रमा आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरणको लागि अन्य कुनै व्यक्ति वा संस्थालाई अनुमतिपत्र दिइने छैन ।
तर अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले अनुमतिपत्रमा उल्लिखित क्षेत्रमा माग बमोजिमको आयोडिनयुक्त नून उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्न नसकेको भन्ने कुरा समितिलाई जानकारी हुन आएमा समितिले तोकिए बमोजिम जाँचबुझ गर्दा सो कुरा मनासिव
देखिन आएमा अन्य कुनै व्यक्ति वा संस्थालाई सो क्षेत्रमा आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्न अनुमतिपत्र दिन सक्नेछ ।